मूल नियमावलीको नियम ५२ पछि देहायको
नियम ५२क. थपिएको छ ः–
“५२क. खरीद वा सार्वजनिक निर्माण कार्य योजना तयार गर्नुपर्ने ः (१) एक आर्थिक वर्षमा कुनै एक बजेट उपशीर्षकमा विनियोजन भएको एक लाख रुपैया“भन्दा बढी रकमको मालसामान खरीद गर्दा वा सार्वजनिक निर्माण कार्य गराउ“दा वा बौद्धिक
वा पेशागत परामर्श सेवा लि“दा खरीद वा निर्माण कार्य योजना बनाउनु पर्नेछ । यस्तो खरीद वा निर्माण कार्य योजनामा सामान्यतया देहायका विषयहरूको समयावधि उल्लेख भएको हुनु पर्नेछ ः–
(क) मालसामान खरीद हुनेमा स्पेशिफिकेशन तयार गर्ने,
(ख) दरभाउपत्र वा बोलपत्र वा प्रस्ताव आह्वानपत्र मूल्या“कनको आधार तयार गर्ने,
(ग) दरभाउपत्र वा बोलपत्र वा प्रस्ताव आह्वानपत्र सम्बन्धी कागजात तयार गर्ने र आह्वान गर्ने,
(घ) दरभाउपत्र वा बोलपत्र वा प्रस्ताव आह्वानपत्र मूल्या“कन गर्न लाग्ने,
(ङ) दरभाउपत्र वा बोलपत्र वा प्रस्ताव आह्वानपत्र स्वीकृत गर्ने,
(च) सम्झौता गर्ने,
(छ) कार्य शुरु गर्ने,
(ज) कार्य पूरा गर्ने,
२) उपनियम (१) बमोजिम तयार भएको कार्य योजना सार्वजनिक गरी एक प्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।”